शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल आश्विन २१ गते बुधबार नेपाल सम्बत ११४० अनलागा,तदनुसार सन् २०२० अक्टोबर ७ तारिक अधिक आश्विन कृष्णपक्ष पञ्चमी तिथि विहान १० वजेर ५५ मिनेटसम्म ( जापानमा अपरान्ह २ वजेर १० मिनेटसम्म ),रोहिणी नक्षत्र साँझ ६ वजेर ३ मिनेटसम्म ( जापानमा राती ९ वजेर १८ मिनेटसम्म ),व्याघातयोग,तैतिलकरण,आनन्दादियोग शुभ,सूर्य कन्या राशिमा,चन्द्रमा वृष राशीमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कसैबाट व्यवाहारिक सहयोग पाईने छैन । मुखले सहयोग गर्ने भने धेरै हुनेछन् । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा देखिएका समस्या कम भएर जाने छन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले साथ दिने छैन । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला पछि पश्चताप हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । सामान्य खालको सहयोग मिल्नेछ । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । प्रयत्न गरेमा बक्यौता रकम उठ्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पूर्ण रुपेण अविश्वासका बादलका घेरा हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समय आफ्नो लागि होइन,उपलब्धि आफ्नो लागि होइन तर लगनशिलता आफ्नो हुनेछ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):उपलब्धिको यात्रामा तगारो लाग्ने देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ । अहार विहारमा ध्यान दिनु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय परिस्थितिले साथ दिनेछ । काम गर्ने वातावरण बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):असहज परिस्थितिको महशुस हुनेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):एकै चोटी दुईटा काममा हात नहाल्नु होला आफैलाई पछि अप्ठ्यारो पर्नेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । पारिवारिक खर्च समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): वातावरण थोरै अनुकुल हुनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । वैदेशिक एवं शैक्षिक मार्ग आँशिक सफल देखिन्छन् ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया