शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,ग्रीष्मर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल ज्येष्ठ ६ गते भौमबार नेपाल सम्बत ११४० वछलागा तदनुसार,सन् २०२० मे १९ तारिक कृष्णपक्ष द्वादशी तिथि अपरान्ह ६ वजेर १ मिनेटसम्म (जापानमा राती ९ वजेर १६ मिनेटसम्म), रेवती नक्षत्र राती ८ वजेर ४० मिनेटसम्म (जापानमा राती ११ वजेर ५५ मिनेटसम्म ), प्रीतियोग, तैतिलकरण, आनन्दादियोग शुभ, सूर्य वृष राशीमा, चन्द्रमा राती ८ वजेर ४० मिनेटसम्म (जापानमा राती ११ वजेर ५५ मिनेटसम्म) मीन उप्रान्त मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विना तयारी काम गर्दा हासिल उपलब्धि पनि गुम्न सक्छ । आफन्त सँगको आसा र भरोसा निराशामा परिणत हुनेछ । अनावस्यक काममा समय खर्च हुनेछ । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानीका क्षेत्र नबढाउनु होला । धन दिएर शत्रु बढाउने काम नगर्नुहोला । स्वास्थ्यमा थोरै समस्या आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य लगनशिलता बढ्नेछ । समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरुले आफ्नो बाटो तताउने छन् । सहयोगी मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्य व्यस्तता बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला । इष्टमित्रको भर नपर्नुहोला । टाढाका मित्रबाट सहयोग मिल्नेछ । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो कुरामा विश्वास नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशिल भई गरेका काम सफल हुनेछन् । कुनै पनि क्षेत्रमा हेलचक्र्याई नगर्नु होला । अरुको भरमा मात्रै काम गर्दा उपलब्धि गुम्न सक्छन् । राजनैति हतियार प्रयोग गरेर काम नगर्न उत्तम हुनेछ । साँझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्याले पूर्ण मूक्ति मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । काम काजमा अवरोध आउनेछ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार होइनेछ । जोखिम मोलेर काम नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । इज्जत प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा ढिला सुस्ति गर्दा आएको अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति कम मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिश्पर्धा गरेर भए पनि काममा अगाडि बढ्नु होला । आफ्ना समस्या आफैले समाधान गर्नु पर्नेछ । परिश्रमको प्रतिफल मिठो मिलनेछ । अरुको भर धेरै नपर्नू होला धोका हुनसक्छ । खेलाडीको लागि पनि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिर मन लिएर काममा नजानु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफुमा भएको उर्जाको सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काममा झमेला आई लाग्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला धोका हुनसक्छ । अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पैसाको अभावमा काम गर्न सकिने छैन । भएको धनलाई नचलाउनु होला भविष्यमा समस्यामा परिनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । सक्रियता बढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): महत्वकाँक्षी नबनि रिस,अहंकार र क्रोधलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । ढिला सुस्ति गर्दा अवसर फुत्किने सम्भावना रहनेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ । अरुको भर विश्वास र कुरामा नलाग्नु होला । धन आफन्त भए पनि नदिदा राम्रो हुनेछ । हेलचक्र्याई गरेर नगर्नु होला गरेमा वचे खुचेको पनि सकिनेछ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन सामान्य अनुकुल देखिन्छ । परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सामान्य सुखी मिल्नेछ । पूर्व तयारीका साथ काममा लाग्नु भएमा केहि उपलब्धि हात लाग्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया