आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,ग्रीष्मर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल ज्येष्ठ ३ गते शनिबार नेपाल सम्बत ११४० वछलागा तदनुसार,सन् २०२० मे १६ तारिक कृष्णपक्ष नवमी तिथि मध्यान्ह १२ वजेर २१ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर ३६ मिनेटसम्म), शतभिषा नक्षत्र अपरान्ह १ वजेर १२ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर २७ मिनेटसम्म), वैधृतियोग, गरकरण, आनन्दादियोग आनन्द, सूर्य वृष राशीमा, चन्द्रमा कुम्भ राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ग्रह,गोचर ठीकै देखिन्छ । समयमा कार्य सम्पादन गर्नेतिर जोड दिनु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । धन लगानी नगर्नु होला । ढिला सुस्ति भएमा उपलब्धि कम हात लाग्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन सामान्यतया अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । पठन पाठनमा कम प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोग गर्न अग्रसर हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गएका ठाँउमा इज्जत प्रतिष्ठा,मान सम्मान मिल्नेछ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयमा सामान्य सुधार आउनेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । भौतिक वस्तु गुमाउनु पर्ला । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । बाह्य काममा ध्यान केन्द्रित हुदा आफ्ना उपलब्धिका काम ओझेल पर्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नसोचेको,नचिताएको परिणाम आउनेछ । काम गर्ने वातावरण विग्रिएर जानेछ । आफन्तका क्रियाकलापले मनमा चिसो पस्ने काम हुन सक्छ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्ने छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विवादित विषयको टुङ्गो लाग्नेछ । लडाईमा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ फल चाख्न पाईनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । काममा विलम्ब गरे घाटा हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दया माया गर्ने कम हुनेछन् । कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । होशियार ! देखिने भन्दा नदेखिने शत्रु बढि हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्म हिनताको अवस्था आउन सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । सहयोगी मन हराउने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले सामान्य साथ दिनेछ काममा कत्ति पनि विलम्ब नगर्नु होला । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभाव थोरै पर्नेछ । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला । पढाईमा ध्यान कम जानेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शरीरिक एवं मानसिक स्फूर्ति घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा थोरै कमी आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् । भौतिक चिन्तान बढि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण देखिदैन । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्नेछ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा धन लगानी नबढाउनु होला । सुधारको लागि समय कुर्नु पर्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया