बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण, वसन्तर्तुः, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख १८ गते विहिबार नेपाल सम्बत ११४० वछलाथ्व तदनुसार सन् २०२० अप्रिल ३० तारिक शुक्लपक्ष सप्तमी तिथि विहान १० वजेर १७ मिनेट सम्म (जापानमा अपरान्ह १ वजेर ३२ मिनेटसम्म), तिष्य नक्षत्र राती ९ वजेर ५२ मिनेटसम्म (जापानमा राती १ वजेर ७ मिनेटसम्म), शूलयोग, वणिजकरण, आनन्दादियोग शुभ, सूर्य मेष राशीमा, चन्द्रमा कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उपलब्धिका काम ओझेलमा पर्ने छन् । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पु¥याउनेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । आलोचना सहनु पर्ला । व्यापारबाट आम्दानी घट्न सक्छ । विश्वासको संकट पर्नेछ । धन सम्पति चोरी वा हराउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य क्षमता बढ्नेछ । आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा केहि नगर्नु होला पछि धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा कम सफलता मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन मध्यम देखिन्छ । अरु संग काम गर्दा विचार पु¥याउनु होला नत्र तपाईको कमजोरीको फाइदा उठाउने छन् । आफ्नै ज्ञान,बुद्धि र शिपको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछ । आन्तरिक कुरा नफुत्काउनु होला घाटा हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दृष्ढ निश्चयका साथ काममा लाग्नुहोला । खर्चमा नियन्त्रण आउनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झै–झमेलाबाट मुक्ति मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन प्रतिकुल देखिन्छ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला क्षति धेरै बेहोर्नु पर्नेछ । घमण्डले आफैलाई घाटा हुनेछ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा असफलता मिल्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आश्वासनका भरमा मात्रै काम नगर्नु होला । मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि थोरै भए पनि हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्जनलाई वचत गर्न गाह्रो हुनसक्छ । राजनैतिकमा लागेर कुनै फाइदा हुने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्यतया अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । आफन्तबाट सहयोग मिल्नेछ तर आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । राजनीति तथा नोकरीमा नयाँ अवसर आउन सक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा देखिएका समस्या कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला आफैलाई घाटा हुनेछ । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन प्रतिकुल देखिन्छ । सचेत भएर अगाडि बढ्नु होला कुनै पनि समस्या काबु भन्दा बहिर जाने सम्भावना धेरै देखिन्छ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन अनुकुल नै देखिन्छ । पढाई लेखाईमा भन्दा कमाईतिर मन दौडिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । वैदेशिक काममा थोरै सफलता मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा शत्रुको बक्रदृष्टि पर्नेछ सचेत भएर आगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नयाँ कामको अभ्यास हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): तयारी विनाको काम अधुरा रहनेछन् । काममा सक्रिता बढाउनु पर्ने देखिन्छ । दोमन भएर केहि नगर्नु होला । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग सवल देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग गर्ने मन भएका कमै भेटिने छन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला ।

—————————————–

तपाईको प्रतिक्रिया