आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खान अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । बुधवार बिहानदेखि उनको स्वास्थ्य बिग्रिएपछि दिउँसो अस्पतालमा भर्ना गरिएको हो । उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको छ । उनी आईपीएलको आफ्नो टीम कोलकाता नाइट राइडर्सको क्वालिफायर–१ को खेलका लागि अहमदाबादमा थिए । यसैबीच, पछिल्लो जानकारी अनुसार शाहरुख खान डीहाइड्रेशनको शिकार भएका थिए । स्वास्थ्यमा खराबी आएपछि उनलाई केडी अस्पतालमा भर्ना गरिएको हो । उनलाई भेट्न उनकी धर्मपत्नी गौरी खान तथा अभिनेत्री जूही चावला अस्पताल पुगेका थिए ।

न्यूज १८ संग कुराकानी गर्दै अभिनेत्री जूही चावलाले भनेकी छिन्– ‘मंगलवार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा केकेआर तथा एसआरएचको खेल खेलिएको थियो । शाहरुख आफ्ना छोराछोरीहरु सुहाना, अबरम तथा मेनजर पूजा ददलानीसहित खेल हेर्न पुगेका थिए । त्यस क्रममा शाहरुखलाई हीट स्ट्रोक आएको थियो, त्यसपछि उनलाई तत्कालै केही अस्पताल पुर्याइएको थियो ।’ मंगलवार राति नै शाहरुखले आफूलाई असहज महसुस गरेका थिए । त्यसपछि अस्पतालमा भर्ना गरेर उपचार जारी छ । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको अभिनेत्री चावलाको भनाइ छ । ‘भगवानको कृपाले उनी चाँडै ठिक हुनेछन्, जूही भन्छिन्– ‘हामीलाई आशा छ शाहरुखले आईपीएलको फाइनल खेल स्टेडियममै बसेर हेर्नुका साथै आफ्नो टीमलाई सर्पोट गर्नेछन् ।

किनभने हामी फाइनलमा पुगिसकेका छौं ।’ जुही चावलाले १० वर्षपछि कोलकाता नाइट राइडर्सले उपाधि कोलकाता फर्काउने आशासमेत व्यक्त गरेकी छिन् । पछिल्ला केही दिनदेखि शाहरुख खान अहमदाबादमा थिए । अत्यधिक गर्मीका कारण उनलाई डिहाइड्रेसन भएको थियो । मंगलवार अबेर राति खेल सम्पन्न भएपछि शाहरुख खानले मैदानमै पुगेर लामो समयसम्म प्रशंसकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यसपछि राति उनी आफ्नो टीमसंग अहमदाबादको एउटा पाँच तारे होटल पुगे, जहाँ उनको भव्य तरिकाले स्वागत भयो । यद्यपि, बुधवार बिहान शाहरुखको स्वास्थ्य अचानक बिग्रियो । त्यसपछि उनलाई दिउँसो करिव १ बजे केडी अस्पतालमा भर्ना गरियो । प्रहरी सूत्रका अनुसार शाहरुख खान अहिले पनि केडी अस्पतालमै चिकित्सकहरुको निगरानीमा छन् । यद्यपि, अस्पताललले आधिकारिक रुपमा अहिलेसम्म केही पनि भनेको छैन ।

 

 

तपाईको प्रतिक्रिया