Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् । उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्ध मार्गीहरूसँग अन्तर्क्रिया समेत गरे ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया