बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण, वसन्तर्तुः, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सम्वत २०७७ साल वैशाख १७ गते बुधबार नेपाल सम्बत ११४० वछलाथ्व तदनुसार सन् २०२० अप्रिल २९ तारिक शुक्लपक्ष षष्ठी तिथि विहान ११ वजेर २१ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर ३६ मिनेटसम्म), पुनर्वसु नक्षत्र राती १० वजेर २५ मिनेटसम्म (जापानमा राती १ वजेर ४० मिनेटसम्म), धृतियोग, तैतिलकरण, आनन्दादियोग गद, सूर्य मेष राशीमा, चन्द्रमा अपरान्ह ४ वजेर २९ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा अवसरको सदुपयोग गर्नु होला । अपरान्ह पूर्वको समय अनुकुल देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् भने साँझपख समय प्रतिकुल बन्नेछ । बन्न लागेका काममा अवरोध आउन सक्छ । अनावस्यक विषयलाई लिएर चिन्ता बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । लगानीमा जोड नदिनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पूर्वान्ह समय ठीकै ठीकै देखिन्छ । कामले त्यति गति लिने छैन । अपरान्ह देखि समय अनुकुल बन्नेछ । काम गर्ने उत्साहा बढ्नेछ । पुराना काम क्रमश फस्र्योट हुदै जनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । ठेक्का पट्टामा हात हाल्दा विचार पु-याउनु होला । पढाईमा सामान्य सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पूर्वान्हमा काम गर्दा जति सहज हुनेछ त्यति मध्यान्ह पछि हुने छैन तर प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । आफन्त नै भए पनि वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पूर्वान्ह समय त्यति अनुकुल देखिन्न । लगानीका काममा जोड नदिनु होला । अरुको भर विश्वासमा मात्रै पनि काम नगर्नु होला । अपरान्हबाट समयमा विस्तारै सुधार आउनेछ । काममा देखिएका समस्या कम हुदै जानेछन् । काम प्रतिको चासो बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । मध्यान्ह पूर्व गरेका गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भने अपरान्ह पछिको समय अत्यन्त प्रतिकुल देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नुहोला । आर्थिक कारोवारमा सावधान रहनुहोला । व्यापार अरोलो लाग्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनले चिताएका केहि काम बन्ने छन् । गरेका ७५ प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउबाट सहयोग मिल्नेछ । वोलीको भरमा धेरै काम हुनेछन् । संचित धन बढ्नेछ । धन दिने काम भने नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मध्यान्ह सम्म समय कमजोर देखिन्छ । कामले गति लिने छैन । के गर्ने के नगर्ने भन्ने अन्योलतामा नै समय जानेछ । भने अपरान्ह देखि समय थोरै अनुकुल हुनेछ । अवरुद्ध कामले विस्तारै गति लिनेछ । लगनशिलता र कार्य क्षमता बढ्नेछ । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन आवस्यक देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयले पूर्ण साथ दिने देखिन्न । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । अपरान्हबाट भने समयमा सामान्य सुधार आउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ तर कामले भने खासै गति लिने देखिन्न । नयाँ काममा हात नहाल्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कुनै काम गर्नु छ भने समयमा गर्नु होला । पूर्वान्हमा गरेका धेरै जसो काम सफल हुने देखिन्छ । अपरान्ह देखि भने समयले कम साथ दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । अशुभ समाचार सुन्नु पर्नेछ । काममा ढिला सुस्ति हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मायाँ मोहमा कुनै काम हुने छैन । आफन्तबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । अपरानह देखि समय थोरै अनुकुल हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापारमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सोचे जस्तो कहि कतै हुने छैन । साना साना काम सम्पन्न गर्न पनि धेरै संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्ने सहज बातावरण बन्ने छैन । शैक्षिक मार्ग थोरै खुल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समस्याबाट उन्मूक्ति मिल्ने छैन । आलोचना सहनु पर्ला । सतर्क रहनुहोला आफ्नो ठाँउ अरुले लिन सक्छन् । घरयासी समस्याले सताउनेछ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । शैक्षिक मार्ग कमजोर देखिन्छ । फजुल खर्च बढ्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया