बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख १४ गते रविबार नेपाल सम्बत ११४० वछलाथ्व तदनुसार सन् २०२० अप्रिल २६ तारिक शुक्लपक्ष तृतीया तिथि पूर्वान्ह ११ वजेर ४० मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर ५५ मिनेटसम्म), रोहिणी नक्षत्र राती ९ वजेर १९ मिनेटसम्म (जापानमा राती १२ वजेर ३४ मिनेटसम्म), शोभनयोग, गरकरण, आनन्दादियोग धाता, सूर्य मेष राशीमा, चन्द्रमा वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । आफ्नो काम गर्न आफै अगाडि बढ्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि त्यति हात लाग्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पूर्ण ज्ञान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको महत्वलाई वुझेर काम गर्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा खासै परिवर्तन आउने देखिन्न । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले त्यति साथ दिने छैन,प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ सतर्क रहनु होला । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयको सदुपयोग गर्न कत्ति पनि नभुल्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । स्वास्थ्यको ख्याल राख्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने वातावरण बन्नेछ । कार्य क्षमता,कार्य लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट प्रतिफल मिल्नेछ । गएका ठाँउमा स्वागत सत्कार राम्रै मिल्नेछ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कमै मिल्नेछ । घर परिवारको सहयोग मिल्नेछ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सोचे जस्तो गरे जस्तो कहि कतै हुने छैन । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तन बढ्नेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्दा दुःख हुनेछ तर हरेस नखाई गर्नु होला अन्तिम परिणम सुखद निस्कनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । अरुलाई बढि विश्वास गर्दा धोका हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा खासै प्रगति हुने छैन । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समस्याको जालोबाट उम्किन पाईने छैन । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा भरोसा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ । घरमा खर्चालु पाहुना आउने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन सामान्य अनुकुल देखिन्छ । धैर्यपूर्वक समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्र साथी भाईको सहयोग कम मिल्नेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मुनाफा राम्रै हात लाग्नेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । घर परिवारका कुराले मनमा थोरै अशान्ति बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

—————————————–

तपाईको प्रतिक्रिया