शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख ६ गते शनिबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल १८ तारिक कृष्णपक्ष एकादशी तिथि राती ११ वजेर ५३ मिनेटसम्म (जापानमा राती ३ वजेर ८ मिनेटसम्म), शतभिषा नक्षत्र अहोरात्र (जापानमा धनेष्ठा नक्षत्र विहान ७ वजेर ७ मिनेटसम्म उप्रान्त शतभिषा नक्षत्र), शुक्लयोग, बवकरण, आनन्दादियोग आनन्द,सूर्य मेष राशीमा, चन्द्रमा कुम्भ राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानीलाई वचतमा परिवर्तन गर्नु होला । खर्च नियन्त्रण गर्नु भएन भने पछि समस्यामा परिनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट वोलीको सहयोग पाईनेछ । आएको अवसरको सदुपयोग गर्नुहोला । शत्रु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य प्रगतिका दृष्टिले दिन उत्तम नै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । काम गर्दा नाम र दाम दुवै मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आध्यात्मिक चिन्तन बढ्नेछ । अरुको भलाईमा दिन व्यतित नहोला भन्न सकिन्न । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ । आर्थिक कारोवारमा भने विशेष ध्यान दिनुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अकल्पनीय कुरा हुनसक्छन् । पौराणिक कुरा नष्ट हुनसक्छन् । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक सुखमा कमि आउने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दामपत्य जीवनमा सुख शान्ति छाउने छ । देश,देशान्तरका उद्योग,धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): महत्वकाँक्षा जाग्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । सहज रुपमा काम गर्न दिने छैनन । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । धन दिने काम नगर्नु होला । मातृ सुखमा कमि आउनेछ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्या केहि घट्ने छन् । आत्मज्ञान बढ्नेछ । सवैलाई आफ्नो नठान्नु होला । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ । मातृ सुखमा कमि आउनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनुकुल बातावरणमा काम गर्न पाईने छैन । विभिन्न समस्याले घेर्नेछ । घरका कुरा धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद गर्नु पर्ला । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा खरावी हुनसक्छ । धार्मिक काममा धन खर्च हुनेछ । दया मायाँ गर्नेको संख्या कम हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । राजनीति लडाईमा जीत हुनेछ । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला । अरुको भर धेरै नपर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पूजा आचा धर्म कर्ममा मन जानेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कोहि हुने छैन । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहा बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउने छ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ । उधारो कारोवार भने नगर्नु होला । वचतमा जोड दिनुहोला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुने छैन । उपलब्धिका काम ओझेलमा पर्नेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । मिथ्या कुराले सताउनेछ । झुट्टा आरोप लाग्न सक्छ ।

—————————————–

तपाईको प्रतिक्रिया