शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख ७ गते रविबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल १९ तारिक कृष्णपक्ष द्वादशी तिथि राती १वजेर ३७ मिनेटसम्म (जापानमा २० तारिक विहान ४ वजेर ५२ मिनेटसम्म), शतभिषा नक्षत्र विहान ५ वजेर ५५ मिनेटसम्म (जापानमा विहान ९वजेर १० मिनेटसम्म), ब्रह्मयोग, कौलवकरण, आनन्दादियोग रक्ष, सूर्य मेष राशीमा, चन्द्रमा राती १ वजेर ४० मिनेटसम्म (जापानमा २० तारिक विहान ४ वजेर ५५ मिनेटसम्म) कुम्भ उप्रान्त मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आदिनको अधिकाँश समय अनुकुल देखिन्छ काममा ढिला सुस्ति नगरि अगाडि बढ्नु होला । वुद्धिको सदुपयोग गरेर काम गर्नु भयो भने धेरै काममा सफलता मिल्नेछ । राज्यसँग सम्बन्धित काम बन्ने छन् । नोकरीमा जिम्मेवारी बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । साँझपख समय प्रतिकुल बन्नेछ । काममा अवरोध तथा खर्च विवाद बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य क्षमता बढ्नेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । गरेका काम कुशलता पूर्वक सम्पन्न हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनसक्छ । वाणिज्य क्षेत्रमा नयाँ सम्भावना देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार भाई बन्धुको सहयोग सहानुभूति मिल्नेछ । लगानीबाट फाइदा हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ काम गर्दा विचार पु¥याउनु होला । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । बाह्य सम्बन्ध त्यति राम्रो हुनेछैन । घरडेराको समस्या पर्न सक्छ । सवैलाई आफन्त ठान्नु गलत हुनसक्छ । साँझपख समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचार बढ्नेछ । आत्मविश्वास घट्नेछ । अनाहकमा समय जानेछ । अनुत्पादक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ । स्वास्थ्यले पनि कम साथ दिनेछ । उच्च रक्तचाप बढ्न सक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । नोकरी तथा राजनीति क्षेत्र पनि कमजोर देखिन्छ । विवाद बढ्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अपरान्ह पूर्वको समय सामान्य अनुकुल देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । लोभ मोह बढ्नेछ । वैदेशिक काममा आंशिक सफलता मिल्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ । खर्च विवाद एवं स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । मनमा दुविधा बढ्न सक्छ । पठन पाठनमा प्रगतिको सम्भावना क्षीण देखिन्छ । प्रेममा धोका हुनसक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरुको सहयोग त्यति मिल्ने छैन । घर परिवारिका समस्याले छोड्ने छैन । घर डेराको समस्या पर्न सक्छ । यात्रा कष्टपूर्ण हुनेछ । विरोधी सक्रिय हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक एवं मानसिक थकान बढ्नेछ । वैराग्यता त्यागेर काम गर्नु होला । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । आफन्तको काम गरेर जश पाइने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछ । वुद्धि विवेकको प्रयोग गरेर काम गर्नु होला । व्यापार व्यवसायमा अवनति हुनेछ । खर्च बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्ने वातावरण मिलएर अगाडि बढ्नुहोला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घर परिवार साथी भाई इष्टमित्रबाट सहयोग पाईनेछ । काम गरेर मनग्य धन कमाउने अवर मिल्नेछ । आस्था र विश्वास बढ्नेछ । घरमा भेटघाट जमघट बढ्नेछ । भौतिक सम्पतिको वृद्धि हुनेछ । कार्य लगनशिलता बढाउनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । मित्रको सहयोग पाईनेछ । वैदेशिक कामबाट लाभ हुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ समयमा काम सम्पन्न गर्नु होला । महिलाको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय सुधारोन्मुख देखिन्छ । कार्य लगनशिला विस्तारै बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । रिस,अहंकार र क्रोध नियन्त्रण गरेर काम गर्नु होला । मिलेर कुनै पनि काम नगर्नु होला । आएको अवसरको सदुपयोग गर्न सके धेरै उपलब्धि हात लाग्नेछ । साँझपख केहि नयाँ कामको बारेमा चिन्तन मनन हुनेछ । आत्म विश्वास बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । बाह्य सम्बन्ध त्यति राम्रो बन्ने छैन । राजनैतिक व्यक्तिको भर परेर कुनै काम नगर्न होला धोका हुनसक्छ । योजना बनाएर काम गर्नु होला । व्यापार व्यवसायबाट सामानय आम्दानी हुनेछ । आर्थिक कारोवार गर्दा एकपटक सोचेर मात्रै गर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । अनुत्पादक खर्चमा वृद्धि हुनेछ । विश्वास र भरोसा टुट्न सक्छ । आर्थिक हिनामिनाको आरोप लाग्न सक्छ । साँझपख समयमा सुधार आउनेछ । केहि काम हुनेछन् ।

—————————————–

तपाईको प्रतिक्रिया