शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख ५ गते शुक्रबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल १७ तारिक कृष्णपक्ष दशमी तिथि राती १०वजेर ३१ मिनेटसम्म (जापानमा राती १ वजेर ४६ मिनेटसम्म ), धनेष्ठा नक्षत्र राती ३ वजेर ५२ मिनेटसम्म (जापानमा श्रवण नक्षत्र विहान ५ वजेर ३० मिनेटसम्म उप्रान्त धनेष्ठा नक्षत्र), शुभयोग, वणिजकरण, आनन्दादियोग धाता (जापानमा धूम्र), सूर्य मेष राशीमा, चन्द्रमा अपरान्ह ३ वजेसम्म (जापानमा अपरान्ह ६ वजेर १५ मिनेटसम्म) मकर उप्रान्त कुम्भ राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ कुनै काम गर्न पछि नपर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ । थोरै मेहनत गरेमा बक्यौता रकम उठाउन सकिनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोगी मन भेटिने छन् । आफुमा भएको उर्जाको राम्रो प्रयोग गर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन सामान्य अनुकुल देखिन्छ । रोकिएका योजनाहरु अगाडि बढ्ने छन् । थोर प्रयत्न गरेमा नयाँ कामको अवसर प्राप्त हुनेछ । सज्जनको संगत हुनेछ भने दूर्जनहरु टाढा हुनेछन् । पथ प्रदर्शक भएर काम गर्नु पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अध्ययन अध्यापन कार्यमा सफल हुुनुहुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): बोलीको स्थायीत्व नहुदा अरुले कम विश्वास गर्नेछन् । विना उपलब्धिका काममा समय बढि लगानी हुनेछ । घर परिवारका कुराले मनलाई बढि अशान्ति गराउनेछ । आर्थिक कारोवारमा बढि चनाखो हुनुहोला । यात्राको सम्भावना देखिन्छ । राजनैतिक शक्ति प्रयोग गरेर दुख दिन सक्छन् होशियारी अप्नाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम महशुस हुनेछ । मनमा वैराग्य भाव पैदा हुनेछ । काम गर्ने वातावरण खलबलिनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । दिर्घकालीन असर पुग्ने खालका योजना अगाडि नबढाउनु होला । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीको प्रभावबाट काम बन्ने छन् । वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको योग देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । राजनीति दाउपेचमा नलागी काम गर्नु होला । पढाईमा प्रगति हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्नो विचारमा अडिग रहेर काम गर्नुहोला अवस्य पनि सफलताको सिढी चढ्नु हुनेछ । संघर्ष विना कहि कतै केहि हुने छैन । परिश्रमको अन्तिम परिणम भने सुखद रहनेछ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । सहयोग पाईने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शैक्षिक प्रतिष्ठानमा काम गर्नेहरुको लागि दिन थोरै अनुकुल रहनसक्छ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् । पारिवारिक समस्यामा कमि आउनेछ । भौतिक सुखानुभूति भने कम हुनेछ । साथी भाईको सहयोग कमै मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): घरमा जमघट बढ्नेछ र पारिवारिक खर्च पनि बढ्नेछ । भौतिक सुखानुभूति कम हुनेछ । उपलब्धिका काममा समय कम खर्च हुनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन । ऋण लगानी गर्दा विशेष ध्यान दिनुहोला । भय आतुरमा गरेका काम विग्रिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): सफलताको साचो आफ्नै हातमा हुनेछ । आर्थिक उन्नतिको दरमा वृद्धि हुनेछ । सक्रिय भएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । शैक्षिक,न्यायिक तथा बैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ । इष्टमित्र आफन्तको भर परेर कुनै काम नगर्नु होला यदि गरेमा डुविनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अस्थिरताले कमजोर बनाउने छ । रिस,अहंकार र क्रोध त्यगेर कर्म क्षेत्रमा लाग्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । साझेदारीमा गरेका कामबाट कमै लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ । सहयोग कमै भेटिने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रातकाल त्यति अनुकुल देखिन्न । मध्यान्ह देखि समयले साथ दिनेछ । कार्य लगनशिलता,आत्मबल,आत्मविश्वास बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ । राजनीति व्यक्तिसँग सहकार्य नगर्नुहोला पछि धोका हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अनुदारबादीको चपेटामा परिएला । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनुहोला । नयाँ व्यवसायिक क्षेत्रमा लगानी नबढाउनु होला डुब्न सक्छ । आम्दानीका मार्गमा अवरोध आउनेछ । व्यापार घट्नेछ । पारिवारिक सुखमा कमि आउनेछ । पढाईमा कम ध्यान जानेछ । सहयोगी मनहरु टाढा हुनेछन् । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया