शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख ३ गते बुधबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल १५ तारिक कृष्णपक्ष अष्टमी तिथि राती ९ वजेर ११ मिनेटसम्म(जापानमा राती १२ वजेर २६ मिनेटसम्म), उत्तरषाढा नक्षत्र राती १ वजेर ७ मिनेटसम्म (जापानमा राती ४ वजेर २२ मिनेटसम्म), सिद्धियोग, बालवकरण, आनन्दादियोग वज्र, सूर्य मेष राशीमा, चन्द्रमा विहान ६ वजेर ३५ मिनेटसम्म (जापानमा विहान ९ वजेर ५० मिनेटसम्म) धनु उप्रान्त मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । अवसरको खोजीमा हुनुहुन्छ भने त्यो प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयमा अझै पूर्ण सुधार आउने छैन । सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । अहार विहारमा ध्यान दिन होला । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । आस्था र विश्वास पलाउनेछ । आध्यात्मिक काम हुनेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन प्रतिकुल देखिन्छ । अन्योलता बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । गरेका अधिकाँश काम असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन सामान्यतया अनुकुल जस्तै देखिन्छ । जीवन साथीको सहयोगमा धेरै काम सम्पन्न हुनेछन् । लोभ मोह बढ्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । आम्दानी खर्चको सन्तुलन मिल्नेछ । प्रयत्नबाट नयाँ काम हात पर्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तित्वबाट सहयोगको अपेक्षा नराख्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनमा भ्रम पालेर नबस्नु होला । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जानेछ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । आलस्यता नै शत्रु सम्झेर काम गर्नुु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । प्रेमिकाले धोका दिन सक्छिन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईनेछ । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ । अरुको भर धेरै नपर्नू होला । आफन्तबाट नै विश्वास घात हुनसक्छ । उपभोग्य बस्तु खरीद गर्नु पर्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणा मिल्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अध्ययन अध्यापनमा अभिरुची बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । गलत विचारको अन्त्य हुनेछ भने शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय खराव देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । आफन्तसँगको विश्वास र भरोसा टुट्नेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । मिशनमा पुग्न गाह्रो हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समग्रमा दिन अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । सानो मन गरेर कुनै पनि काम नगर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु बढ्ने छन् । सहयोगी हात भेटिने छन् । पढाईमा प्रगति हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया