शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख १ गते सोमबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल १३ तारिक कृष्णपक्ष षष्ठी तिथि राती ९ वजेर ५२ मिनेटसम्म (जापानमा राती १ वजेर ७ मिनेटसम्म), मूल नक्षत्र राती १२ वजेर १९ मिनेटसम्म (जापानमा राती ३ वजेर ३४ मिनेटसम्म), परिघयोग, गरकरण, आनन्दादियोग लुम्ब, सूर्य मेष राशीमा, चन्द्रमा धनु राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय सुधारोन्मुख तर पूर्ण साथ दिने छैन । कपटीहरुको फेला पर्न सकिन्छ सतर्क भएर काम गर्नु होला । अरुको काम गरेर जश कम मिल्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । आशाका अङ्कुर पलाउनेछ । पढाईमा ध्यान कम जानेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले साथ कम दिनछ । काम गर्दा दुःख कष्ट हैरानी बढि हुनेछ । विचार पु¥याउन सकिएन भने कर्म क्षेत्रबाट रित्तो हात फर्कनु पर्ला । पारिवारिक समस्या बढ्न सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसामा काम गर्न सकिने छैन । कपटीका हातमा धन पर्न सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । कुरामा विश्वास नगर्नु होला काममा ध्यान दिनुहोला । कर्म अनुसारको फल मिल्नेछ । सतर्क रहनु होला,देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा नगर्नु होला पछि उठाउन गाह्रो हुनेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । काम गर्दा गोपनियता अप्नाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भ्रम छलकपट बढि हुनेहुदा सोचेर विचार गरेर अगाडि बढ्नु होला । विना तयारी विना अध्ययनको कामले घाटा हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । आफन्तको सहयोग अल्प मिल्नेछ । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । आय व्यय बरावरै हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य क्षमतामा ह्रास आउन सक्छ । घरका समस्याले बढि सताउने छ । अनावस्यक खर्च बढ्नेछ । विवाद रहित काम गर्न सकिने छैन । आफुमा भएको उर्जाको सहि सदुपयोग गर्न सके पछुताउनु पर्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ । मनमा शान्ति मिल्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् र अर्थोपाजन पनि हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर काम गर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सामान्य देखिन्छ । आर्थिक लगानीमा जोड नदिनु होला । धन दिएमा फिर्ता नहुन सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको पूर्ण भरोसा नगर्नु होला । मान्य जनको सुझाव सहयोग र आशिर्वाद लिएर काम गर्नु होला । महत्वकाँक्षी योजना अगाडि बढाउदा विचार पु-याउनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समस्या कम भएर जानेछन् । काममा विस्तारै प्रगति हुनेछ । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । भोज भतेरको निम्तो आउन सक्छ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनसक्छ । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । आर्थिक कारोवारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । दूर्जनले दुःख दिनेछन् । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । फजुल खर्च बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको सदुपयोग गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । हिजो विरोध गर्ने आज मित्र बनेर आउने छन् । आफन्तका कारण लाभान्वित हुनुहुनेछ । आम्दानीका नयाँ क्षेत्रको पहिचान हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । घरमा मांगलिक काम हुनेछन् । मित्रहरु बढ्ने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समस्याहरु घट्ने छन् । सुख शान्तिमा वृद्धि हुनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया