शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७६ साल चैत्र २९ गते शनिबार नेपाल सम्बत ११४० चौलागा तदनुसार सन् २०२० अप्रिल ११ तारिक कृष्णपक्ष चतुर्थी तिथि राती १२ वजेर २२ मिनेटसम्म (जापानमा राती ३ वजेर ३७ मिनेटसम्म), अनुराधा नक्षत्र राती १ वजेर २० मिनेटसम्म (जापानमा १२ तारिक विहान ४ वजेर ३५ मिनेटसम्म), सिद्ध्रियोग, बवकरण, आनन्दादियोग अमृत, सूर्य मीन राशीमा, चन्द्रमा वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन प्रतिकुल हुनसक्छ विचार पु¥याउनु होला नत्र क्षति धेरै हुनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्नेछ । सहयोग पाईन्छ भनेका ठाँउबाट मिल्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विरोधीको चहपहल बढ्नेछ । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन लगानी बढि होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा जमघट बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय प्रतिकुल देखिन्छ । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सपना साकार हुने देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी पनि बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सकरात्मक सोचको विकास हुनेछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयमा विस्तारै सुधार आउने देखिन्छ । गलत विचार मनबाट हट्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया