बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर १४ गते शनिबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ नोभेम्बर ३० तारिक शुक्लपक्ष चतुर्थी तिथि राती ७वजेर २२मिनेटसम्म (जापानमा राती १० वजेर ३७ मिनेटसम्म), पूर्वषाढा नक्षत्र विहान १० वजेर १९ मिनेटसम्म (जापानमा अपरान्ह १ वजेर ३४ मिनेटसम्म), गण्डयोग,वणिजकरण,आनन्दादियोग मातङ्ग,सूर्य वृश्चिक राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ३५ मिनेटसम्म (जापानमा राती ७ वजेर ५० मिनेटसम्म) धनु उप्रान्त मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पुराना कार्य योजना अगाडि बढ्ने छन् । आत्मबल,आत्मविश्वास बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): तनावमा काम नगर्नु होला । काम गर्ने जोश जागर बढ्ने छैन । स्पष्ट बोल्दा आफैलाई नोक्सान हुनसक्छ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): स्वास्थ्य कमजोर बन्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । काम गर्दा विभिन्न खालको समस्या आउने छन् । सहयोग गर्ने भन्दा खुट्टो तान्ने धेरै हुने छन् । व्यापार घट्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिक काम काजमा प्रगति हुनेछ । गरेका कामबाट धेरथोर फाईदा लिन सकिनेछ । हिसाव किताव गरेर मात्र काम गर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क भई गर्नु होला । काम गर्दा कहि कतै त्रुटी हुन सक्छ पुन विचार गरेर गर्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनमा दुविधाले डेरा जमाउनेछ । काम गर्दा अलमलमा पर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ होशियार रहनु होला । साथि भाई तथा आफन्तबाट आलोचना हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहास, धैर्यता र पराक्रम बढ्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । आफन्तको सहयोग मिल्नेछ काम अनुुसारको दाम हात पर्नेछ । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कसैलाई वोलि नफुत्काउनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । आफन्त नै भए कारोवार नगर्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । लगनशिल भई गरेका काम प्राय सफल हुनेछन् । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):दिन प्रतिकुल देखिन्छ । काम गरेर आफुलाई भन्दा अरुलाई पोषण बढि हुनेछ । आफुले सोचे जस्ता गरे जस्तो व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । विना सोच विचार नवोल्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । खेलाडीको लागि दिन बढि उत्तम देखिन्छ ।

—————————————–

तपाईको प्रतिक्रिया