बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर १३ गते शुक्रबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ नोभेम्बर २९ तारिक शुक्लपक्ष तृतीया तिथि राती ७ वजेर १ मिनेटसम्म (जापानमा राती १० वजेर १६ मिनेटसम्म), मूल नक्षत्र विहान ९ वजेर ३६ मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ५१ मिनेटसम्म), शूलयोग,तैतिलकरण,आनन्दादियोग स्थिर,सूर्य वृश्चिक राशीमा,चन्द्रमा धनु राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पूर्वान्ह त्यति अनुकुल देखिन्न तर मध्यान्ह पछिको समय सुधारोन्मुख देखन्छि । उच्चमनोबलका साथ काम गर्नु होला । विचार पूर्वक गरेका काम सफल हुने छन् । अरुका काममा ध्यान केन्द्रित नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): नकरात्मक सोचबाट मुक्त भई काम गर्नु होला । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पूर्वान्हमा गरेका काम सफल हुनेछन् भने मध्यान्ह पछिको समय प्रतिकुल हुनेछ । चोटपटक आदिको भय देखिन्छ । अन्ति चरणमा पुगेका काम पनि रोकिन सक्छन् । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुने छ । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्ने छ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कामको भन्दा पनि भौतिक सुख सुविधाको बारेमा मन बढि केन्द्रित हुनेछ । घरेलु खर्च वृद्धिले संचित धनमा कमी आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रातकालमा गरेका अधिकाँश काम बन्ने छन् कर्म क्षेत्रबाट बाहिर नजानु होला । मध्यान्ह पछिको समय त्यति अनुकुल हुने छैन । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । आफैलाई नोक्सान हुने काम हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अल्छि नगरिकन काममा लाग्नु होला गरेका काम अवश्य बन्ने छन् । पूर्वान्ह भन्दा अपरान्ह अनुकुल देखिन्छ । व्यापार व्यवसायमा सुधार आउनेछ । आफन्तजनबाट सामान्य सहयोग पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय मध्यम चलि रहेको छ हेलचक्र्याई गरेर काम नगर्नु होला । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु-याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन सामान्य हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान पनि हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । मध्यान्ह पछि समयले साथ दिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ होला । मध्यान्ह पछि समयले साथ दिने छैन,खर्च बढ्नेछ । चोटपटक आदिको भय देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले पूर्ण साथ दिनेछ अवसरको सदुपयोग गर्नु होला । गरेका काम प्राय सफल हुने देखिन्छ । पठन पाठनमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । घर परिवार आफन्त जनबाट सहयोग मिल्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया