बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर ११ गते बुधबार नेपाल सम्बत ११४० थिंल्लाथ्व तदनुसार सन् २०१९ नोभेम्बर २७ तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती ७वजेर ५२ मिनेट सम्म ( जापानमा पूर्वान्ह ११ वजेर ७ मिनेटसम्म ),अनुराधा नक्षत्र विहान ९ वजेर ३७ मिनेटसम्म ( जापानमा मध्यान्ह १२ वजेर ५२ मिनेटसम्म ),सुकर्मयोग,किंस्तुघ्नकरण,आनन्दादियोग सौम्य,सूर्य वृश्चिक राशीमा,चन्द्रमा पनि वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला जोखिम नमोल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । गर्न लागेका काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मनोबल र कार्य क्षमता बढ्नेछ,आफ्नै पहलमा धेरै काम बन्ने छन् । नविन कार्यको बारेमा विचार विमर्श हुनेछ । यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आजर्न राम्रै हुनेछ । दामपत्य सुखानुभूति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्त नै शत्रु हुन सक्छन् काम गर्दा होशियार रहनु होला । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुनेछ,जसका कारण आफुले लिने फाइदा अरुले लुट्ने छन् । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले विस्तारै साथ दिन छोड्ने छ । काम गर्ने जोश जागर घट्नेछ । काम गर्दा अनावस्यक झमेला आइलाग्न सक्छन् । विचार पु-याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना छ । व्यापार घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सहास, धैर्यता र पराक्रम बढ्नेछ । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । स्वास्थ्यका कारण थोरै अप्ठ्यारो पर्न सक्छ । राजनैति सक्रियता बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): वोलिको प्रभाव थोरै पर्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । अपरिचित सँग आर्थिक कारोवार नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्ने अवस्था आउन सक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । उच्च आसन प्राप्तिको योग देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आजको समय प्रतिकुल देखिन्छ । दुर्जनहरुको उदय हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । समयले पूर्ण साथ दिनेछ पछि नहटि काम गर्नु होला,काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गतिरोध हट्नेछ । अधुरा काम बन्ने छन् । विरोधी शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्नेछ । काम गर्ने जोश जागर विस्तारै बढ्नेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पढाई लेखाईमा थोरै ध्यान जानेछ । आत्म विश्वास बढ्नेछ । वोलिलाई नियन्त्रण गरेर काम गर्नु राम्रो हुनेछ । व्यापार व्यवसाय मन्द रहला । आर्थिक कारोबारमा सामान्य सुधार आउनेछ । सहयोग कम मिल्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया