बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर ९गते सोमबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९ नोभेम्बर २५ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती १० वजेर ३० मिनेटसम्म (जापानमा राती १ वजेर ४५ मिनेटसम्म), स्वाती नक्षत्र विहान ११ वजेर १७ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर ३२ मिनेटसम्म), शोभनयोग, भद्राकरण, आनन्दादियोग छत्र, सूर्य वृश्चिक राशीमा, चन्द्रमा १० गते विहान ४ वजेर ३० मिनेटसम्म (जापानमा अहोरात्र तुला राशिमा) तुला उप्रान्त वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्नु छ भने ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय बढ्नेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । मनोबल उच्च गरेर काम गर्नु होला। राजनीतिमा चासो लिएर कुनै काम हुने छैन । नोकरीबाट कम सन्तुष्टि मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कुनै काम समयमा गर्न सकिएन भने अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ । मन अस्थिर हुनेछ,स्थिर भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क रहनु होला । घर छोडेर बाहिर जान मन लाग्ने छैन । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अर्थोपार्जन राम्रै होला । कामको वीचमा विचार परिवर्तन गर्दा आफैलाई नोक्सान हुन सक्छ सर्तक भई काम गर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आर्थिक कुराले बढि पिरोल्नेछ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । मुखको सल्लाहा सहयोग धेरै तर व्यवहारिक सहयोग कम मिल्नेछ । आफ्नो काममा आफै लागेमा उत्तम हुनेछ । व्यापारबाट खासै लाभ हुने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अनुकुल नै देखिन्छ काममा विलम्ब नगर्नु होला । भोग विलासिता कम ध्यान दिनु होला नत्र उपलब्धिका काम गुम्नेछन । गएका ठाँउमा सम्मान मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विवादित काममा हात नहाल्नु होला, अनावस्यक दोष लाग्न सक्छ । अरुको काम गरेर जश कमै पाईनेछ । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट आउन सक्छ । भाग्य भन्दा कर्मलाई जोड दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा प्रयास गरेमा उधारो रकम उठाउन सकिनेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । धार्मिक विश्वास बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिस्थितिले साथ दिनेछ । नयाँ कामको अनुभव बटुल्न पाईनेछ । विरोधी कमजोर बन्ने छन् । जीवन साथीको सहयोग लिएर अगाडि बढ्नु होला । लगानी गर्दा विचार पु-याउनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । विना सोच विचार गरेका कामबाट हानी नोक्सानी हुन सक्छ ।पढाई लेखाईमा थोरै प्रगति हुनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने देखिन्छ । अर्थ व्यवस्था कमजोर बन्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले कम साथ दिनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । सन्तानको विषयलाई लिएर बढि चिन्ता हुनेछ । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । लेनदेनका कुराले मनलाई अशान्ति बनाउनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया