बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर ८ गते रविबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९ नोभेम्बर २४ तारिक कृष्णपक्ष त्रयोदशी तिथि राती १२वजेर २० मिनेटसम्म (जापानमा राती ३ वजेर ३५ मिनेटसम्म), चित्रा नक्षत्र मध्यान्ह १२ वजेर ३४ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर ४९ मिनेटसम्म), आयुष्मानयोग, गरकरण, आनन्दादियोग पद्म, सूर्य वृश्चिक राशीमा, चन्द्रमा तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): देश,देशान्तरका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग लिएर काम गर्नुहोला नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । मान्यजनको सहयोग साहानुभूति मिल्नेछ । यात्राको योग टरेको छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मनोबल उच्च गरेर काम गर्नु होला र सवैलाई आफ्नो ठानेर काम नगर्नु होला धोका दिन सक्छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विचारमा विचलन,व्यापारमा अवनति तथा मित्रमा द्रोह हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ । समयमा सहि निर्णय लिन नसक्दा आफ्ना काममा अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): घरका कुराले मन दिक्क हुनेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क रहनु होला । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला । मित्र सुख मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अल्मलमा नपरि लगनशिल भई काममा लाग्नु होला गरेका काम धेरै जसो सफल हुने छन् । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अर्थोपार्जन राम्रै होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भ्रमबाट मुक्त भई काम गर्नु होला । धनका कुराले बढि पिरोल्नेछ । संचित धन नास हुन सक्छ । घरका समस्या मिलाउन समय लाग्ने छ । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्य खोसिन सक्छ सतर्क रहनु होला । विवादबाट टाढा बस्नु होला । अनावस्यक दोष लाग्न सक्छ । काम गरेर जश पाईने छैन । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): धार्मिक विश्वास बढ्नेछ । बक्यौता रकम उठ्न सक्छ,प्रयत्न गरेको खण्डमा । आर्थिक कारोवारमा चनाखो रहनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिस्थितिले साथ दिनेछ । विरोधी कमजोर बन्ने छन् । आफ्नो उत्तरदायित्व वहन गर्न सकिनेछ । सहज र सरल तरिकाले काम बन्ने छन् । गरेका कामबाट लाभ राम्रै होला । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): हचुवाको भरमा काम गर्दा उचित फाइदा लिन सकिने छैन । अरुका काममा बढि चासो दिदा आफ्ना कामले गति लिने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पढाई र सन्तानको विषय वस्तुलाई लिएर बढि चिन्तित हुनुहुनेछ । मनमा वैराग्यता जाग्नेछ । आर्थिक समस्या झेल्नु पर्नेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । व्यापार घट्नेछ ।

—————————————–

तपाईको प्रतिक्रिया