बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर५ गते विहिबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर २१ तारिक कृष्णपक्ष नवमी तिथि विहान ९ वजेर २४ मिनेट सम्म (जापानमा मध्यान्ह १२ वजेर ३९ मिनेटसम्म), पूर्वफाल्गुनी नक्षत्रसाँझ ५ वजेर २२ मिनेटसम्म (जापानमा राती ८ वजेर ३७ मिनेटसम्म ), वैधृतियोग, गरकरण, आनन्दादियोग गद, सूर्य वृश्चिक राशीमा, चन्द्रमा राती १० वजेर ५७ मिनेटसम्म (जापानमा राती २ वजेर १२ मिनेटसम्म) सिंह उप्रान्त कन्या राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ढिला र हतारमा निर्णय लिनु दुवै हानिकारक हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । नोकरी तथा राजनीतिबाट जति फाईदा लिनुपर्ने हो त्यो सक्नुहुने छैन । पूर्ण अरुको भरोसामा काम नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अरुको धेरै विश्वासमा नपर्नु होला घाटा हुनेछ । नैराश्यता बढ्नेछ । काम गर्दा विभिन्न समस्या आउने छन् धैर्यता नतोड्नु होला । अहार विहारमा ध्यान दिन नसके स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन अनुकुल देखिन्छ । कार्य क्षमता घट्ने छैन । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । कुनै काम गर्नुछ भने समयलाई पूर्ण उपयोग गर्नु होला, ढिलो गर्दा आफैलाई घाटा हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन त्यति अनुकुल देखिदैन । आफ्नो कुरा सकेसम्म अरुलाई नफुत्काउनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनु होला । कसैलाई धन दिनु भनेको गुमाउनु भन्ने सम्झनु होला । सहयोग अल्प मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।अरुका कुरालाई लिएर समय खेर नफाल्नु होला । अल्प सहयोग मिल्नेछ । काममा ढिला नगर्नु होला अवसर गुम्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले साथ दिएको देखिदैन,जबरजस्ति कुनै काममा हात नहाल्नु होला ठुलो क्षति हुन सक्छ । विश्वासमा वज्रपात हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । झुट्टो अरोप लाग्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुनै काम गर्नु छ भने साच्ने काम नगर्नु होला । आज गरेका प्राय काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले साथ दिदा अधुरा रहेका धेरै काम सम्पन्न हुनेछन् । काम गरेर नाम कमाउने मात्र होईन दाम पनि कमाईने छ । पढाई लेखाईमा सामान्य प्रगति हुने छैन । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ । आफ्ना काम धेरै अधुरा रहन सक्छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । अपेक्षाकृत सहयोग कम हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आफ्नो धन अरुका लागि खर्च गर्नु पर्ला । दैनिक काम काजमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । परिवारमा द्वन्द्व चल्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा ढिला सुस्ति नगर्नु होला । समयमा गरेका काम सफल हुने छन् । व्यापार व्यवसाय बाट मुनाफा लिन सकिनेछ । मिलेर गरेका काममा विवाद पर्न सक्छ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अरुको भद्र नहेर्नु होला । आफ्नै हात बलियो बनाउनु होला । आर्जनका बाटा खुल्ने छन् । पढाई लेखाईतिर कम ध्यान जानेछ । विरोधीको बक्रदृष्टि पर्ने होला काम गर्दा सजग रहनुहोला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया