सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल मंसिर२ गते सोमबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर १८ तारिक कृष्णपक्ष षष्ठी तिथि अपरान्ह ३ वजेर ४७ मिनेट सम्म (जापानमा साँझ ७ वजेर २ मिनेटसम्म), तिष्य नक्षत्रराती ९ वजेर ४९ मिनेटसम्म (जापानमा राती १ वजेर ४ मिनेटसम्म), शुक्लयोग, वणिजकरण, आनन्दादियोग धाता, सूर्य वृश्चिक राशीमा, चन्द्रमा कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शारीरिक शिथिलता एवं मानसिक तनाव बढनेछ । घर परिवारमा सनातिना समस्या देखा पर्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घट्न सक्छ । आफन्तबाट विश्वासघात हुन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर वाहिर बसेर काम गर्दा बढि अनुकुलता हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):विचार पु-याउन नसके चल,अचल सम्पति नास हुनसक्छ । इष्टमित्रका कारण बदनाम भईनेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । ऋण लगानी नगर्नु होला । कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्य मेहनतबाट नै आज काम बन्ने छन् । अनायस आम्दानी बढ्ने देखिन्छ । काम गर्ने जोश,जागर बढ्ने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । भोज भतेरमा सहभागी हुने अवसर मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ । चोटपटक आदिको भय देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग पनि देखिन्छ । व्यापार बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नसोचेको काममा सफलता मिल्नेछ । थोरै प्रयत्न गर्दा नयाँ काम अगाडि बढ्ने छन् । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिनेछ । घर परिवारबाट सहयोग पाईनेछ । सहयोगी मित्र कमै भेटिने छन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन मध्यम् खालको देखिन्छ । आस्था र विश्वास बढ्नेछ । बाहिरी काममा बढि अलमल हुदा आफ्ना काम अधुरा रहने छन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन प्रतिकुल छ, काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रेम जालमा परिनेछ । नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुने छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिश्पर्र्धामा अगाडि हुनुहुनेछ । पुराना समस्या समाधान हुनेछन् । शत्रु पराजित हुनेछन्,मुद्धा मामिला जितिनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कुरा भन्दा काममा जोड दिनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । हतार र द्विधाग्रस्त भएर कुनै काम नगर्नु होला । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् । व्यापारबाट अल्प लाभ होला ।

—————————————–

तपाईको प्रतिक्रिया