सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

श्रीसूर्य दक्षिणायन,शरदृतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६ साल कार्तिक २७ गते बुधबार नेपाल सम्बत ११४० कछलागा तदनुसार सन् २०१९नोभेम्बर १३ तारिक कृष्णपक्ष प्रतिपदा तिथि राती ७ वजेर ४४ मिनेट सम्म (जापानमा राती १० वजेर ५९ मिनेटसम्म), कृतिका नक्षत्रराती १० वजेर ५९ मिनेटसम्म (जापानमा राती २ वजेर १४ मिनेटसम्म), वरियनयोग, बालवकरण, आनन्दादियोग सिद्धि, सूर्य तुला राशीमा,चन्द्रमा वृष राशीमा (जापानमा विहान ७ वजेर २५ मिनेटसम्म मेष उप्रान्त वृष राशिमा) ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा सतर्क रहनु होला विरोधीले वाहाना बनाएर धोका दिनेछन् । अनावस्यक विषय बस्तुमा ध्यान नदिनु होला,कुरा भन्दा काममा लाग्नु होला । आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला धोका हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले साथ दिनेछ,काम गर्दा थोरै संवेदनशिल हुनु आवस्यक छ । भावनामा वगेर काम नगर्नु होला । ढिलो गरि भए पनि कामबाट फाइदा लिन सकिनेछ । सहयोग पाईनेछ । व्यापार बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले कम साथ दिने देखिन्छ,पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । स्वास्थ्यमा लगानी बढ्ने छ । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नसोचेका ठाँउबाट धन आउन सक्छ । गरेका कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुने छ । ऋण लगानी भने नगर्नु होला फस्न सक्छ । व्यापार बढ्ने छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): खर्च मात्रै गरेर काम सफल गर्छु भन्ने मानसिकता त्याग्नु होला । गरेका काममा सोचे भन्दा राम्रो प्रगति हुने छ । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अनावस्यक विषय बस्तुमा चासो नदिनु होला । अरुका काम गरेर पुण्य कमाउछु भन्ने मान्यता पनि गलत सवित हुन सक्छ । अविश्वासको संकट आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा अवरोध आउने छ । नोकरीमा पनि समस्या नआउलान् भन्न सकिन्न । भौतिक सुखमा कमी आउने छ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ । चिन्ता बढ्ने देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रजोगुण बढ्ने छ । पढाई लेखाईमा प्रगति हुने देखिन्छ । स्वतन्त्र व्यापारबाट सामान्य लाभ हुन सक्छ । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ । नोकरी तथा राजनीतिमा सामान्य समस्या आउने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विरोधीसँगको मुद्धामा विजय हासिल हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा प्रवेश गर्नु होला । विना तयारी काममा लाग्नु भयो भने दुख धेरै पाईने छ । अर्थोपार्जन हुने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्ने छ । भ्रमलाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । आवेगमा आएर कुनै पनि निर्णय नलिनु होला । काममा सानातिना समस्या आउने छन् । अरुको भर विश्वासमा काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घरको बातावरण खलबलिन सक्छ । घर छोडेर अन्तै जान मन लाग्ने छ । उतार चढावको सामना गर्नु पर्ला । स्वस्थ्यमा समस्या आउने छ । समयमा सोच्न सक्नु भएन भने क्षति धेरै हुनेछ । चिन्ता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम प्रतिको चासो बढ्ने छ । लगनशिल भई काम गर्दा अवस्य सफलता मिल्नेछ । उद्योग धन्दाबाट लाभ लिन सकिनेछ । अरुका कुरा सुनेर प्रतिक्रियामा नजानु होला आफैलाई घाटा हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया