Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
म्युजिक एवार्ड

म्युजिक एवार्ड

अमेरिकन म्युजिक एवार्ड कार्यक्रममा गायिका जेनिफर लोपेज लस एञ्जलसमा प्रस्तुती दिंदै । तस्बिर:एपी
खमेरुज

खमेरुज

कम्बोडियाको नुम फेमा खमेरुजले मानिस मारेको ठाउँ हेर्न जाँदै भिक्षुहरु। तस्बिर:एपी
लण्डनमा शौरभ दाहाल

लण्डनमा शौरभ दाहाल

गैरआवासीय नेपाली संघ (एनआरएन ) युकेका अध्यक्ष कुल आचार्य आइतवार लण्डनमा विश्व साइकल यात्री शौरभ दाहाललाई सम्मान गर्दै । तस्विर सौजन्यः चिरन शर्मा, बेलायत
लडाकु

लडाकु

शक्तिखोर क्याम्पमा वर्गीकरणमा सहभागी हुँदै लडाकु । तस्बिर: प्रकाश माथेमा/एएफपी
लडाकु

लडाकु

माओवादी लडाकु मोटरसाइकलमा परिवारसँगै वर्गीकरणका लागि भित्रँदै। तस्बिर:निरञ्जन श्रेष्ठ/एपी
बलिउड

बलिउड

बलिउड अभिनेता जोन इब्राइम (बायाँबाट), दिपिका पादुकोण, चित्रांगदा सिंह र अक्षयकुमार बैंङ्लोरमा आगामी चलचित्र देशी व्वाइजको प्रमोसनल पत्रकार सम्मेलनमा । तस्बिर: एएफपी
परम्परागत नृत्य

परम्परागत नृत्य

राजधानीको बौद्धमा महाकला पूजामा परम्परागत नृत्य देखाउँदै भिक्षु। तस्बिर:विनोद जोशी/एपी
लडाकु

लडाकु

चितवनको शक्तिखोर क्याम्पभित्र लडाकु। आजदेखि उनीहरुको वर्गीकरण हुँदैछ। तस्बिर:निरञ्जन श्रेष्ठ/एपी
मोडलहरु

मोडलहरु

कोलम्बोमा जारी फेसन सोमा मोडलहरु। तस्बिर:एपी
विश्व बैंक

विश्व बैंक

विश्व बैंकका कन्ट्री डाइरेक्टर इलेन गिल्डस्टीनसँग भेट गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ । तस्विरः दिनेश श्रेष्ठ
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराई गरिवी निवारण कोषको बैठकमा बोल्दै । तस्विरः दिनेश श्रेष्ठ
प्रधानसेनापति

प्रधानसेनापति

रामकृष्ण अधिकारी र राजेन्द्र क्षत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति छत्रमान गुरुङ । तस्बिर सौजन्यः सैनिक जनसम्पर्क निर्देशनालय
राजदम्पत्ति

राजदम्पत्ति

जापान भ्रमणमा रहेको भूटानी राजदम्पत्ति प्रधानमन्त्री याशीहिको नोदासँग भेट गर्दै । तस्बिरः एएफपी
स्विम सुट

स्विम सुट

जापानको राजधानी टोकियोमा भएको सुन्दरी प्रतियोगितामा स्विम सुटमा मोडलहरु । तस्बिरः एएफपी
मिस धिमाल

मिस धिमाल

झापाको विर्तामोडमा मंसिर ३ गते हुने मिस धिमाल प्रतियोगिता २०११ का सहभागीहरु सामूहिक फोटो खिचाउँदै । मिस धिमालमा २४ जना सहभागी हुने छन् । तस्बिरः चन्द्रकला भण्डारी/रासस
मिस कोलम्बिया

मिस कोलम्बिया

मिस कोलम्बिया ड्यानिअल अल्भार्जलाई ताज पहिर्‍याउँदै पूर्व सुन्दरी। तस्बिर:एएफपी
कनकमणि दीक्षित

कनकमणि दीक्षित

करङका रोगीका लागि सहयोग जुटाउन नेपाल– भारत– पाकिस्तान यात्रामा निस्किएका पत्रकार कनकमणि दीक्षित इस्लामावादमा आयोजित एक अन्तर्क्रियामा । तस्बिरः दी एक्सप्रेस ट्रिव्युन
क्रिसमस रुख

क्रिसमस रुख

क्रिसमसको समय नजिकिँदै गर्दा जापानको सापोरो उद्योग कमर्सियल कम्प्लेक्समा राखिएको १५ मिटर अग्लो क्रिसमस रुख । यसलाई त्यहाँ आगामी डिसेम्बर २५ सम्म राखिनेछ । तस्विरः सापोरो उद्योग
मोडल

मोडल

न्यूयोर्कमा जारी फेसन सोमा एक मोडल । तस्बिरः एएफपी
डा. बाबुराम

डा. बाबुराम

सार्क सम्मेलनमा भाग लिएर शनिबार राति स्वदेश फर्किएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिँदै । तस्बिरः समुद्रपारि