तिमी मरेर
तिम्रो सहादतले
कतिले महल बनाए
कतिले नयाँ गाडि चढे
गन्धे कुर्सीको त के बात ?
तर
तिमीले सोचेको बिहानी
अझै आएन
आज फेरि उनीहरू
तिम्रो बारेमा मन्त्र भन्नेछन्
धिक्कार छ – तिनीहरूलाई
सलाम छ- तिमीलाई !!
वीर सहिद अमर रहुन् !!!
(सर्जक अधिकारीले सहिद दिवसको सन्दर्भमा प्रेषित कविता)