Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

काठमाडौं – नेपाली मूलका युवकले मापसे गरेर गाडी चलाउँदा भर्जिनियाको स्यानटिली सहरमा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा संलग्न ३० वर्षीय विजय तामाङमाथि हत्या अभियोग दर्ता गरिएको छ ।

शुक्रबार बिहान बजे लाउडन काउन्टी पार्कवे र टल सिडार्स पार्कवेको छेउमा भएको हो । तामाङले चलाएको २०२३ मोडेलको फोर्ड मस्टाङ अनियन्त्रित भई सडक मुनि पुगेर रूखमा ठोक्किँदा दुई यात्रुको मृत्यु भएको हो । अन्य दुई जना घाइते भएका छन् ।

चालकमाथि कानुनी कारबाही हत्या र मापसे गरेर लापरवाहीपूर्वक सवारी चलाएको अभियोगहरूको पनि अनुसन्धान भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको परिचय हालसम्म खुलाइएको छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया