Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा क-कसको लगानी छ भन्ने सहजै थाहा पाउन सकिने बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भएको बताएका हुन् ।

‘कम्बोडिया भन्ने देश त्यहीँ छ, चारघण्टाभित्र फ्लाइटमा पुगिन्छ । त्यहाँको लगानीमा क-कसको लगानी भन्ने थाहा पाउन नसकिने अनौठो कुरा हो र ? थाहा पाउन सकिने कुरा हो । यस्ता कुरालई भ्रमपूर्ण फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भइरहेका छन्,’ ओलीले भने ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रम फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परिसकेका छन् । ओलीले आफूमाथि लगाएको आरोप चर्चा गर्न लायक नभएको पनि बताए । आफू बदमासी गरेर अरूको टाउकोमा खन्याएको आरोप उनको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया