Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिएका छन्। उनले ३३ जिल्लाका ४१ स्थानमा हुने उपनिर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा संवेदनशीलतामा ध्यान दिन आग्रह गर्दै, शान्ति सुरक्षा विथोलिएमा जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवार हुने चेतावनी दिए।

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना परिचालन गर्ने तयारी गरिएको उनले बताए। उनले लागुऔषध नियन्त्रण, भ्रष्टाचार उन्मूलन, सामाजिक सञ्जालको दुरुपयोग रोकथाम र आत्महत्या न्यूनीकरणमा पनि ध्यान दिन निर्देशन दिँदै लोकतन्त्र अनुशासनयुक्त हुनेमा जोड दिए।

गृह मन्त्रालयले नागरिकको गुनासो व्यवस्थापनका लागि २४ घण्टे केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले राजस्व चुहावट र सवारी दुर्घटना न्यूनीकरणमा पनि गम्भीर बन्न आग्रह गरे। गृहसचिव गोकर्णमणि दुवाडीले नागरिक विश्वास बढाउन ध्यान दिन निर्देशन दिए। बैठकमा प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता थियो।

 

 

तपाईको प्रतिक्रिया