अचानक एस्तो स्थिति आउला, सोँचेको थिइन
आफ्नै मान्छेले पराइ बनाउला, सोँचेको थिइन।
उसले पराइ भनेपनि मैले आफ्नै ठानेको थिएँ
पिठ्युँ पछाडी छुरा चलाउला, सोँचेको थिइन।
यसरी दु:ख दियो समयले, हरपल रुवायो
आफ्नै आँसुले घर बगाउला, सोँचेको थिइन।
दु:खमै भएपनि बाँचेर केहि गर्ने बिचार थियो
आजै दैवले यमराज पठाउला, सोँचेको थिइन।
-पोखरा