Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

के-के नै पो होला भनें, आखिर मायाँ भूल रै’छ
खट्टाउन नै नसकिने, मुटु घोच्ने शूल रै’छ ।
सवै जना डाहा गर्थे, हाम्रो चोखो पिरीतलाई
तर त्यो त वेमौसममा, फक्रिएको फूल रै’छ ।
सोचें मैले लाम्ला खाम्ला, दिन काटुँला पिरतीले
के को हुन्थ्यो पिरती त, पिउँसा छिर्ने झुल रै’छ ।
गोधुलीमा भेटिएला, भन्थें मनको दोभानमा
वर्खे भेलले लतारेर, भत्किएको पुल रै’छ ।
साँचो मायाँ लाउँछु भनि, मेसोमेलो गर्नेहरू
‘काले’ जस्तै तड्पिएर, बाँच्नेहरूको हुल रै’छ ।।

तपाईको प्रतिक्रिया