Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – रुस र युक्रेनबिच तनाव बढेपछि ३ वटा नर्डिक देशले युद्धसम्बन्धी चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्यान्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई पनि युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।

यी देशको सिमाना रुस र युक्रेनसँग जोडिएको छ । युक्रेनमा आणविक हमला भएमा यी देश प्रभावित हुन सक्छन् । त्यसैले नर्वेले आफ्ना नागरिकहरूलाई युद्धको चेतावनी दिने पर्चाहरू बाँडेर सतर्क गराएको छ ।

स्विडेनले पनि आफ्ना ५२ लाखभन्दा बढी नागरिकलाई पर्चा पठाएको छ । उसले आणविक युद्धका बेला विकिरणबाट जोगाउन प्रयोग हुने आयोडिन ट्याब्लेटहरू राख्न निर्देशन दिएको छ । तनावबिच अमेरिकाले बुधवार युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको छ । यसबाहेक इटाली, ग्रीस र स्पेनले पनि कीभ दूतावास एकदिन बन्द गर्ने निर्णय गरेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया