पागल झैँ हाँस्न थालिछौ, इशारामा नाच्न थालिछौ
मेरी मुल्यवान मायालु,बजारमा भाउ लाउन थालिछौ ।रुप उही छ, परिचय थरि थरि
खल्ती भर्ने काम रे छ, माया जरे जस्तो गरि
जुन सँग जाग्न थालिछौ, घामसँग भाग्न थालिछौ
मेरी मुल्यवान मायालु,बजारमा भाउ लाउन थालिछौ
खल्ती भर्ने काम रे छ, माया जरे जस्तो गरि
जुन सँग जाग्न थालिछौ, घामसँग भाग्न थालिछौ
मेरी मुल्यवान मायालु,बजारमा भाउ लाउन थालिछौ
आफैलाई बेचेर खुशी किन्न थाले पछि
भाको इज्जत तिमीले सडकमा फालेपछि
कृतिम जीवन जिउन थालिछौ, आफ्नै आशु पिउन थालिछौ
मेरी मुल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ
तिम्रो संसार अर्कै भएछ, तेतै तिमी रमाएकी छौ
सबै थोक छाडेर तिमीले, नसालु रात समाएकी छौ
जुन संग जाग्न थालिछौ, घाम सँग भाग्न थालिछौ
मेरी मूल्यवान मायालु, बजारमा भाउ लाउन थालिछौ