Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

anesasटोकियो-अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले प्रत्येक तीन महिनामा गर्दै आएको नियमित साहित्यिक श्रृंखला नयाँ वर्ष२०७० को अवसरमा यही २१ अप्रिल आइतवार दिउँसो ३ बजे गर्ने भएको छ । आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाद्धरा जारी विज्ञप्तिमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
टोकियोको ओमोरीमा आयोजना गर्न लागिएको उक्त साहित्यिक कार्यक्रम साहित्यमा रुचि राख्ने सम्पूर्ण जापानवासी विद्यार्थी, व्यवसायी, विभिन्न संघसंस्थाका अध्यक्ष लगायत जापानमा रहनुहुने सम्पूर्ण साहित्य अनुरागीहरुमा आ-आफ्नो रचना सहित उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।
अनेसास जापानका पूर्व अध्यक्ष एवं सल्लाहकार दिनेशराज ज्ञवालीको संयुक्त गजल संग्रह “चार प्रहर” को समेत उक्त कार्यक्रममा विमोचन गर्ने कार्यक्रम रहेको बताइएको छ । केही अंश जापानमा नै छायांकन विमोचन गर्न गरिएको गीतकार रमेश अधिकारीको म्युजिक भिडियोको कलेक्सनको पनि सोही अवसरमा विमोचन गर्ने योजना रहेको कुरा आयोजकले बताएका छन् ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारीः
कार्यक्रमः साहित्य श्रृंखला (नयाँ वर्ष२०७० को अवसरमा)
आयोजकः अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान
मितिः २०१३ साल अप्रिल २१ गते आइतवार
समयः दिउँसो ३ बजेदेखि
स्थानः सेयु विल्डिङ्ग ५ औं तला, शक्ति रेष्टुरेन्टको सभा हल, ओमोरी
नजिकको स्टेशनः जे आर ओमोरी स्टेशन

थप जानकारीको लागि  

धिषण निरौला – ०९०-६४७१-०२२९

पुस्कर थापा – ०९०-८८१०-९०१४

देबी इन्ग्नाम- ०८०-४७३४-४२९५

कृष्ण के. श्रेष्ठ काल्स ०९०-६४७८१५९१

प्रकाश पौडेल माइला- ०८०-४१५५-३१३२

तपाईको प्रतिक्रिया