काठमाडौ- नेपाल भ्रष्ट्रचार गर्ने मुलुकको १ सय ५४ औं सुचिमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज प्रकाशित गरेको भ्रष्टाचार सूचकमा नेपाल यो वर्ष १ सय ५४ औँ नम्बरमा छ। यसअघि नेपाल १ सय ४६ औँ नम्बरमा थियो।
सरकार भ्रष्टचार नियन्त्रण गर्न असफल भएको, सार्वजनिक साधनको दुरुपयोग बढेको लगायत प्रतिवेदनमा उल्लेख गरिएको छ । १ सय ८३ देश मध्ये नेपाल १ सय ५४ औं स्थानमा परेको हो । सबै भन्दा बढी भ्रष्टमा सोमालिया, उत्तर कोरिया र म्यानमार रहेका छन् । सब भन्दा कम भ्रष्टमा न्यूजिल्याण्ड रहेको छ ।
दक्षिण एसियाली देशहरु मध्ये छिमेकी भारत ९५ नम्बरमा, श्रीलंका ८६ नम्बरमा, बंगलादेश १ सय २० नम्बरमा छ। त्यसैगरी माल्दिभ्स १ सय ३४ र पाकिस्तान पनि १ सय ३४ नम्बरमै रहेका छन्। भुटान भने सबैभन्दा माथि ३८ नम्बरमा छ।
एसिया प्रशान्त देशहरुको सूचीमा नेपाल २९औँ नम्बरमा छ।