Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
काठमाडौं– अधिकांश मधेसी दल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी भएकाबेला मधेसको राजनीतिले नयाँ मोड लिँदैछ ।
उपेन्द्रले फोरमको नेतृत्व छाड्ने
मधेस आन्दोलनपछि एकाएक चौथो शक्ति भएको मधेसी जनअधिकार फोरमबाट अध्यक्ष उपेन्द्र यादवले नेतृत्व छाड्ने भएका छन् । उनले आफू सेरेमोनियल अध्यक्षमा रहने बताएका छन् ।
भरत विमलको फोरम प्रवेश
उपेन्द्र यादवले फोरम प्रवेश गर्ने भएपछि जनआन्दोलनमा मधेसी दलको नेतृत्व लिएका भरत विमल यादव र संघीय सदभावना पार्टीमा गएका देवेन्द्र यादव फोरम प्रवेश गर्दैछन् । बताइएकाअनुसार भरतविमल फोरमको कार्यवाहक अध्यक्ष हुनेछन् ।
बद्रि मण्डल राजनीतिमा
उपप्रधानमन्त्री भइसकेपछि पनि कृषि मन्त्री भएका सदभावना पार्टीका पूर्वअध्यक्ष बद्रि मण्डल राजनीतिमा प्रवेश गर्दैछन् । उनले केही दिनभित्रै आफू कुनै एक मधेसी राजनीतिक दलमा प्रवेश गर्ने बताएका छन् ।
लोकतान्त्रिक फोरममा विवाद चर्कियो
विवादास्पद अभिव्यक्तिका कारण रक्षा मन्त्रीबाट बाहिरिन बाध्य फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरतसिंह भण्डारीका कारण पार्टी भित्र विवाद चर्किएको छ ।
भण्डारीलाई पुनः रक्षा मन्त्रीमा फर्काउन केही सभासदले अध्यक्ष विजय गच्छदारलाई बारम्बार ताकेता गर्दा पनि पार्टी एकढिक्का पार्ने समस्या थप जटिल भएको छ । पार्टीमा भण्डारीको गुट मजबुत देखिएपनि गच्छदार समुहले रक्षा मन्त्रीको सिफारि स गर्न सकेको छैन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया