Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – बलेवा सेवा समाज जापानले नयाँ वर्ष २०२५ को अवसरमा सांगीतिक साँझ, समीक्षा बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सेवा समाज जनवरी ४ मा सांगीतिक साँझ र समीक्षा बैठक सम्पन्न गरेको थियो भने २३ तारिख बिहीबारका दिन सम्मान कार्यक्रम गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियोको सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको हलमा आयोजित कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका पूर्वसभासद् तथा नेकपा एमालेका केन्द्रीय सदस्य, समाजका संस्थापक प्रमुख सल्लाहकार डा. सूर्य पाठकलाई सम्मान गरिएको छ । साथै टिभी अन्नपूर्णका प्रबन्धक तथा प्रेस चौतारी महासंघका महासचिव राजु सुवेदी, सरिता खड्का सुवेदी, समाजका उपाध्यक्ष सुरेन्द्र पौडेलका हजुरबुवा तथा सेवानिवृत्त कर्मचारी टिकराम पौडेल र आमा तुलसीदेवी पौडेललाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा गोल्ड स्पोन्सरहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथिबाट मायाको चिनो प्रदान गरिएको बलेवा सेवा समाज जापानले जनाएको छ । सो अवसरमा कार्यक्रम संयोजक दीप पाठक र आर्थिक संयोजक महेन्द्र पिसीसहितको टोलीले आर्थिक विवरण प्रस्तुत गरेको थियो । जसअनुसार १९ लाख ३५ हजार येन आम्दानी भएकोमा १५ लाख ५३ हजार ९ सय ७९ खर्च हुँदा ३ लाख ८१ हजार २१ येन बचत भएको उल्लेख छ । बचत रकम संस्थाको उद्देश्यअनुसार खर्च गरिने जनाइएको छ ।कार्यक्रममा अध्यक्षता समाजका अध्यक्ष महेन ढकालले गरेका थिए भने सञ्चालन महासचिव अर्जुन लामिछानेले गरे । स्वागत मन्तव्य संरक्षक सेवक पिसीले राखेका थिए । नेपालको समसामयिक राजनीति, सम्भावना र चुनौतीबारे डा. सूर्य पाठकले आफ्नो धारणा राखेका थिए । पत्रकार राजु सुवेदीले सुझाव र सल्लाहका रूपमा आफ्ना विचार व्यक्त गरेको सेवा समाजले जनाएको छ ।समाजले ईभेन्ट पार्टनर, डाइमन्ड पार्टनर, गोल्ड पार्टनर, रेमिट्यान्स पार्टनर, ट्राभल पार्टनर, ब्रोनज पार्टनर, समर्थकहरू, पत्रकार, अतिथि तथा स्वयंसेवकहरूलाई कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएकोमा विशेष धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रमले प्रवासी नेपालीहरूबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया