Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – पछिल्लो वर्ष जापानमा कीर्तिमानी सङ्ख्यामा पर्यटकहरूले भ्रमण गरेका छन् । कमजोर येन र यहाँको सांस्कृतिक विशेषताले पर्यटकहरूलाई आकर्षित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्योतोजस्ता स्थानमा भीडभाडका गुनासा बीच पर्यटक आगमनको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको सार्वजनिक आँकडाले देखाएको छ । जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार सन् २०२४ मा जापानमा ३६ दशमलव ८ मिलियन भन्दा बढी पर्यटकहरू पुगेका थिए । यो संख्याले सन् २०१९ को झण्डै ३२ मिलियनको रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनेको हो ।

यो वृद्धि मुख्यतः दशकभन्दा लामो समयअघि सुरु भएको पर्यटन बूमको पुनरागमन हो, जुन कोविड १९ महामारीका कारण केही समय रोकिएको थियो । सन् २०१२ को तुलनामा यो संख्या चार गुणाले बढेको छ । यसका केही कारणमध्ये सरकारद्वारा माउन्ट फुजीका मनोरम ढलानदेखि दुर्गम क्षेत्रका मन्दिर र सुशी बारहरूजस्ता आकर्षणहरू प्रवर्द्धन गर्ने नीति तथा कमजोर येन पनि हुन् ।

पछिल्लो तीन वर्षमा येन अन्य मुद्रासँग तुलनामा कमजोर हुँदा जापानका विभिन्न सेवा र उत्पादनहरू जस्तै रामेन् र हस्तनिर्मित जापानी भान्साका चक्कु सस्तो भएका छन् । सरकारले सन् २०३० सम्ममा पर्यटक संख्या झण्डै दोब्बर गरी ६० मिलियन पुर्‍याउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया