Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

टोकियो – विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाली पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।

नागानो प्रान्तको कोमागाने सहरमा गत ७ नोभेम्बरमा सञ्चालनमा आएको पुस्तकालयको स्थापना जापानी नागरिक डा. युकि इतोले गरेकी हुन् । पुस्तकालयमा नेपालको प्रकृति, संस्कृति, कला, संगीत, धर्म, संस्कार, पर्व र परम्परासँग सम्बन्धित नपाली, जापानी र अंग्रेजी भाषाका पुस्तक सकंलित रहेको सञ्चालक डा. इतोले जानकारी दिइन् । नेपालसँग सम्बन्धित स्तोत्रग्रन्थ र विश्वविद्यालयका पिएचडि र एमए तहका थेसिसहरु पनि पुस्तकालय उपलब्ध छन् ।पुस्तकालयको उद्घाटन समारोहमा पुगेका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली र अंग्रेजी भाषाका ५ सयभन्दा बढी पुस्तक प्रदान गरेका थिए । कोमागाने सहरका नेपाली व्यवसायी तथा समाजसेवी केशर गिरीले उपलब्ध गराएको भवनमा स्थापना गरिएको नेपाल पुस्तकालयले नेपाली र जापानीहरुबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

नेपाल र नेपालीको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि पुस्तकालयले स्रोतको रुपमा काम गर्ने डा. इतोले बताइन् । साइतामा विश्वविद्यालयका प्रध्यापक डा. युकि इतो नेपालको मुलुकी ऐनमा पिएचडी गर्ने पहिलो जापानी हुन् । १९९० को दशकमा नेपालस्थित जापानी राजदूतावासमा अनुसन्धान अधिकृतको रुपमा काम गरिसकेकी डा. इतो हिमाली गाउँ मुस्ताङको संस्कृति अध्ययन गर्ने पहिलो महिला हुन् । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया