Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

काठमाडौं – दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपतिलाई अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा नाटकीय घटनाहरू भइरहेका छन् । प्रहरी अधिकारीहरू राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका छन् । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको मार्शल ल लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए । तर पछि उक्त सङ्ख्या बढाएर ८० पुर्‍याइएको छ । यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई कानुनविपरीत भन्दै त्यसलाई चुनौती दिने बताएका छन् । यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकिरहेको बताइएको छ । यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो ।

उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए । सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

डिसेम्बर १४ मा उनीविरुद्ध सांसदहरूले महाभियोग प्रस्ताव पारित गरेपछि यउल निलम्बनमा परेका थिए । उनलाई लगाइएको महाभियोगलाई उक्त देशको संवैधानिक अदालतले स्वीकृत गरिदिएमा मात्र उनी पदबाट पूर्ण रूपमा निष्कासित हुनेछन् । कोरियाको संवैधानिक अदालतमा कम्तीमा नौ जना सदस्य हुन्छन् । त्यसमध्ये कम्तीमा छजना न्यायाधीशहरूले यउलको महाअभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ ।

हाल उक्त इजलासका लागि जम्मा छ न्यायाधीश मात्र रहेका छन् । त्यो भनेको एकजनाले मात्र उक्त निर्णयलाई अस्वीकार गरे भने महाभियोग कार्यान्वयन हुन सक्दैन । विपक्षीहरूले नियुक्त हुने तीन नयाँ न्यायाधीश इजलासमा भएपछि महाअभियोगले पूर्णता पाउने आशा राखेका छन् । बीबीसी Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया