काठमाडौं – कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटीभीमा खिचेको डा. निकोलस भुसालले बताएका छन् । गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको उनले बताएका हुन् ।
उक्त तस्बिर आफूले फेसबुकमा पोष्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालले बताए । ‘मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ । त्यतिबेला प्रहरीले केही भनेन,’ उनले भने, ‘यस्तो होला भनेर थाहा पनि भएन, गल्ती भयो ।’
उक्त तस्बिर खिच्ने व्यक्ति खोजिरहेको प्रहरीले बताएको छ । कास्की प्रहरीका डिएसपी बसन्त शर्माले यस विषयमा अनुसन्धान भइरहेको र फोटो खिच्ने व्यक्ति खोजिरहेको जानकारी दिए ।
यो पनि : रविको भनिएको यो तस्बिरबारे यसो भन्छ कास्की प्रहरी
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.