Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल उद्योग परिसंघले सरकारी तथा सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको पछिल्लो निर्णयको स्वागत गरेको छ। परिसंघले यो निर्णयले स्वदेशी उत्पादनको प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

मंसिर २८ गते मन्त्रिपरिषद्को बैठकले पारित गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका, २०८१’ ले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको परिसंघले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा ल्याइएको यो निर्देशिकाले स्वदेशी अभियानलाई थप ऊर्जा दिने अनुमान गरिएको छ।

‘मेक इन नेपाल’ अभियानअन्तर्गत परिसंघले सरकारसँग मिलेर स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धनमा ध्यान दिइरहेको छ। २०७७ फागुनमा औपचारिक रूपमा सुरु गरिएको यो अभियान सरकारसँगको सहकार्यमा अघि बढाइएको छ। परिसंघले २०७८ असारमा उद्योग मन्त्रालयसँग साझेदारीपत्रमा हस्ताक्षर गर्दै यो अभियानलाई संस्थागत गरेको हो।

परिसंघका अनुसार सरकारको यो निर्णयले स्वदेशी वस्तुको प्रयोगलाई व्यापक बनाउन र स्वदेशी उद्योगहरूको विकासका लागि विशेष योगदान दिनेछ। साथै, स्वदेशी अभियानका लक्ष्यहरू हासिल गर्न यसले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया