Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – नेपाल र चीनले विभिन्न नौ विषयमा सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बुधबार सम्पन्न दुईपक्षीय वार्तापछि यी सहमति भएका हुन्।

नेपाल र चीनका प्रतिनिधिहरूले औपचारिक हस्ताक्षरमार्फत समझदारीलाई औपचारिकता दिएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबीच नौ विषयका सहमति भएको पुष्टि गरेका छन्। यी सहमतिहरूले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

नेपाल र चीनबीच भएका ९ सम्झौताहरूका विवरण :

१- टोखा- छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान

२- नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

३- नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४- नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल

५- विकास योजनासम्बन्धी समझदारी पत्र

६- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

७- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

८ – स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र

९- नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा सोमबार हिमालयन एयरलाइन्सको जहाजबाट बेइजिङ प्रस्थान गरेका थिए। भ्रमणको क्रममा मंगलबार ली छ्याङले प्रधानमन्त्री ओलीलाई औपचारिक स्वागत गरेका थिए। स्वागत समारोहपछि दुई देशका शीर्ष नेताबीच द्विपक्षीय वार्ता सम्पन्न भएको थियो। त्यसपछि विभिन्न सहमति पत्रमा हस्ताक्षर गरिएको थियो। प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सी जिङपिङसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया