Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – उपनिर्वाचन २०८१ को मतपरिणामले पनि ठूला दलको वर्चस्व देखाएको छ । तीन निर्विरोधबाहेक आइतबार ४१ स्थानका लागि भएको निर्वाचनमा सबैजसो दल ०७९ मा निर्वाचित ठाउँमा पराजित भएका छन् र नयाँ-नयाँ स्थानमा विजेता बने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संसद्का दुई ठुला दल कांग्रेस र एमालेबिच सत्तागठबन्धनपछि भएको पहिलो जनमत परीक्षणमा दुवै दलले अपेक्षित नतिजा निकाल्न सकेनन् । माओवादीले एमालेलाई उछिनेर बलियो उपस्थिति जनाएको छ । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग तालमेल गरेको संसद्को तेस्रो शक्ति माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा रहेका कारण उसमाथि धेरैको नजर थियो । माओवादीले राम्रो नतिजा पनि निकाल्यो ।

कांग्रेसले आठ सिटमा क्षति व्यहोरेको छ । एमालेले अपेक्षाअनुसार नतिजा निकाल्न सकेन । माओवादीले गत निर्वाचनमा भन्दा राम्रो नतिजा निकालेर आगामी निर्वाचनका लागि गठबन्धनविनै लड्न सकिने आत्मबल हासिल गरेको छ । माओवादी अहिले प्रमुख प्रतिपक्ष दल हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको नतिजाअनुसार ४० पदमध्ये कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्षसहित १७ स्थानमा जितेको छ । कांग्रेस दुई जिसस प्रमुखमा निर्विरोध पनि भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा जित दोहोर्‍याए पनि कांग्रेसले अरू केही पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ । यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक मत जोगाउन सकेन । त्यहाँ माओवादीकी देवका लामिछाने विजयी बनिन् ।

दैलेखको महाबु गाउँपालिका एमालेले खोस्यो भने अध्यक्षमा एमालेले बाजी मार्‍यो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसले उम्मेदवार नउठाई गठबन्धन बनाएर एमाले उम्मेदवारलाई समर्थन गर्‍यो । तर, माओवादी उम्मेदवार विजयी बने । यसरी कांग्रेसले अहिलेसम्म कूल १९ स्थानमा जित निकालेको छ । जब कि पहिले कांग्रेसले जितेका २७ ठाउँमा निर्वाचन भएको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको छ ।

माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा दोस्रो बनेको माओवादीले एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र ६ वडाध्यक्ष पद जितेको छ । थप एक वडामा निर्विरोध भएको माओवादीले सात वडामा प्रतिनिधित्व गर्नेछ । माओवादीले ११ स्थान जित निकाल्दै दोस्रो भएको छ ।

एमालेले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित कुल आठ स्थानमा जितेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । तीन वडाध्यक्ष गुमाएको छ ।

काठमाडौ-१६ मा चुनाव जितेर रास्वपाले सहरी जनमत आफ्नो पक्षमा रहेको सन्देश प्रवाह गर्न सफल भएको छ । काठमाडौं– १६ मा कांग्रेस तेस्रो भएको छ । कीर्तिपुरको प्रतिस्पर्धामा माओवादी दोस्रो र एमाले तेस्रो भएका छन् । रौटहटमा एकीकृत समाजवादी, सप्तरीमा जसपा नेपाल, जुम्लामा नेमकिपा र झापामा स्वतन्त्र उम्मेदवारको जितले दुईदलीय प्रणालीको वकालत गरिरहेका नेताहरूलाई झट्का दिएको छ ।

चुनावी परिणामबाट माओवादी भने उत्साहित देखिएको छ । जनताको अपार समर्थन र पार्टीका उम्मेदवार सफल भएपछि हौसिएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६४ साल फर्किएको दाबी गरेका हुन् । ‘अध्यक्षले बधाइ दिनुभयो । ०६४ पूर्वबाट फर्कियो भन्नुभएको छ,’ प्रचण्डसँगको टेलिफोन कुराकानीपछि सो क्षेत्रका सांसद अमनलाल मोदीले भने, ‘जनता कसैको ठेक्का होइन । यो कुरा कांग्रेस-एमालेले पनि बुझ्नु पर्छ ।’

उसले जितेका आठ स्थानमा निर्वाचन भएकोमा प्रमुख र उपप्रमुखसहित नौ स्थानमा जित हासिल गरेको छ । पुरानो आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाए पनि कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको तथा पश्चिम रुकुमको पुथा उत्तरगंगामा सत्तारूढ कांग्रेस-एमाले गठबन्धन भत्काएर माओवादीले जित हासिल गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया