Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – आइतबार भएको स्थानीय तह उपनिर्वाचन सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको हो । देशभरका रिक्त ४१ स्थानीय तहमा आइतबार उपनिर्वाचन भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदातामध्ये ६२ प्रतिशत मतदाताको मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् । ‘अहिलेसम्म करिब ६२ प्रतिशत मत खेसेको छ । यद्यपि डाटा (तथ्याङ्क) आउने क्रममा छ । थपघट हुनसक्छ,’ उनले भनिन् ।

उनका अनुसार शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएका थिए ।

यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । आजै रातिदेखि मतगणना सुरु गर्ने आयोगको तयारी छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया