Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

दक्षिण कोरियाको एक रेल्वे स्टेशनमा सहचालक ४ मिनेट ट्वालेट (शौचालय) बस्दा १२५ वटा रेल गाडी निर्धारित समयभन्दा ढिलो गन्तव्यमा पुगेका छन् । कोरियाली मिडियाहरुका अनुसार रेलका सहचालक चार मिनेटका लागि ट्वाइलेट ब्रेकमा गएका थिए ।

सोमवारको यो घटना दक्षिण कोरियाको राजधानी सियोलको हो । त्यहाँ सहचालक केवल ४ मिनेट १६ सेकेन्डका लागि ट्वाइलेट गएका थिए । उक्त ट्रेन ढिलो चल्दा पछि रहेका बाँकी ट्रेन पनि ढिलो चलेका थिए ।

यात्रुहरु निर्धारित समयभन्दा २० मिनेट ढिला भएको बताइएको छ । समाचारहरुका अनुसार ती रेलका सहचालक एक स्टेशनमा रोकिएर ट्वाइलेट गएका थिए । उनी ट्वाइलेट गएपछि अर्का इन्जिनियरले सबै कामको जिम्मा सम्हालेका थिए । उक्त स्टेशनमा ट्वाइलेट केही पर भएकाले सहचालक ढिला पुगेका थिए ।

सियोल मेट्रोको सर्कुलर लाइनमा हाजिर भएका कन्डक्टरले विना ब्रेक ३ घण्टा का मगर्ने गर्छन् । अत्यावश्यक अवस्थाका लागि पोर्टेबल ट्वाइलेट पनि दिइएको हुन्छ । तर, कतिपय अवस्थामा उनीहरुलाई ट्वाइलेट जानैपर्ने अवस्था आउँछ ।

यो घटनाका बारेमा सामाजिक सञ्जालमा पनि चर्चा भएको छ । सियोल मेट्रोले भने यात्रुलाई ठूलो समस्या नभएको बताएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया