Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपाल प्रहरीले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की दिने र नेपाली व्यापारीसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका व्यक्तिबाट प्रमाण भेटाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी हरिचन्द्र फुयाँलले पाँच लाख रुपैयाँ लिएको पुष्टि गर्न प्रहरीको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फुयाँललाई झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार यो प्रमाण फुयाँलको ह्वाट्सएप च्याटमा फेला परेको हो ।

तर, रकम प्रसाईंले पठाएको हो वा अरू कसैले उनका नाममा पठाएको हो भन्ने विषयमा अनुसन्धान जारी छ । ‘ह्वाट्सएपको प्रमाणमा पाँच लाख रुपैयाँ गएको देखिएको छ । यो रकम वास्तवमै प्रसाईंले पठाएका हुन् वा अरू कसैले पठाएको हो, त्यो पुष्टि भइसकेको छैन, एसपी बोगटीले भने ।

फुयाँलमाथि भारतबाट व्यवसायीहरूलाई फोन गरी धम्की दिएको आरोप पनि लागेको छ । उनले व्यवसायीहरूलाई दुर्गा प्रसाईंसँग माफी माग्न वा ज्यानको जोखिम हुने चेतावनी दिएको अनुसन्धानले देखाएको छ । चार जना व्यवसायीले प्रहरीमा उजुरी दिएपछि फुयाँलविरुद्ध कारबाही सुरु भएको हो ।

प्रहरीले फुयाँलविरुद्ध आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । दुर्गा प्रसाईंलाई पनि साइबर ब्युरोको हिरासतमा राखी विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी रहेको दाबी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया