Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – अमेरिकाको भर्जिनिया राज्यको च्यान्टिलीमा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय खुलेको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा आठविसकोट नगरपालिका रुकुम पश्चिमका सुरेश केसी र बर्दियाका विवेक सुवेदी छन् । केसी केही महिना अगाडिमात्र अमेरिका पुगेका थिए भने सुवेदी एक इथिकल ह्याकर भएको जनाइएको छ ।

तीव्र गतिमा रहेको फोर्ड मस्टाङ्ग कार सडकछेउको रुखमा ठोक्किएको थियो । यो दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीले बताएको छ । चालक ३० वर्षीय विजय तामाङ र मोहन श्रेष्ठ घाइते भएका छन्, तर दुवैको अवस्था स्थिर छ ।

चालक तामाङलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाको समयमा तामाङले अत्यधिक मदिरा सेवन गरेका थिए । लाउन काउन्टी प्रहरीले दुर्घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।

तामाङविरुद्ध अनैच्छिक हत्याको आरोप लगाइएको छ र लाउडौन काउन्टी वयस्क डिटेन्सन सेन्टरमा धरौटी बिना राखिएको छ । यो घटनामा थप अनुसन्धान जारी छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया