Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । आउँदो शुक्रबारदेखि युएईमा सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

यसअघि घोषित १८ सदस्यीय टोलीबाट विकेटकिपर दिलसाद अलीसँगै तीव्र गतिका बलरद्वय राजेश यादव र दयानन्द मण्डल टोलीमा परेका छैनन् । मंसिर १४ देखि २३ गतेसम्म हुने एसिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलङ्कासँंग रहेको छ ।प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया