Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी शनिबार मात्र क्यानडाबाट नेपाल फर्किएको खुलेको छ ।

प्रहरीले फेला पारेको उनीहरूका पासपोर्ट अनुसार, सन् २०२२ मा माझी दम्पती क्यानडा उडेको खुलेको छ । त्यसको दुई वर्षपछि पहिलोपटक उनीहरू नेपाल फर्किएको देखिएको छ । उक्त होटेलमा झुन्डिएको अवस्थामा आइतबार बिहान उनीहरू मृत भेटिएका हुन् ।

उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । माझी दम्पतीले शनिबार करिब ७ बजे होटेल पुगेर चौथो तलाको १२० नम्बर कोठा ‘बुक’ गरिएको थियो । उनीहरूका साथबाट प्रहरीले ‘सुसाइड नोट’ भने फेला पारेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । दुवैजना मृत फेला परेका कारण घटनाको थप विवरण खुल्न नसकेको एसपी अधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया