समाचार सुन्नुहोस :
काठमाडौँ – सुनको मूल्य निरन्तर बढिरहेको छ । आज शुक्रबार पनि सुनको मूल्य प्रतितोला १५ सय बढेर एक लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बिहिबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेर १ हजार ९ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत कात्तिक १५ गते लक्ष्मीपूजाको दिन सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपियाँ पुगेको थियो ।