Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि पाँच महिना दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नति गर्न २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ ।

विस्तारका काममा ‘ट्याक्सीवे’, ‘इन्टरनेशनल एप्रोन’ र ‘ह्याङ्गर एप्रोन’ लगायतका संरचनाहरू समावेश छन्। जसको लागि १५ अर्ब रुपैयाँ खर्च हुनेछ। हाल टीआइए बिहान ६ः०० बजेबाट राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो तर अब १० घण्टा बन्द गरिनेछ।

यो विमानस्थलको स्तरोन्नति योजना अन्तर्गत, ट्याक्सीवे निर्माण लगायतका कामले उडान सुरक्षा सुनिश्चित गर्न योगदान दिनेछ। नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्: त्रिभुवन, गौतमबुद्ध र पोखरा विमानस्थल। टीआइएको धावनमार्ग २०७७ सालमा पनि विस्तार भएको थियो। त्यो बेला दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो।

तपाईको प्रतिक्रिया